माओवादीको प्रस्तावः दुई मुख्यमन्त्री र चार सभामुख

पुस, ३० काठमाडौं—आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी केन्द्रले दुई मुख्यमन्त्री चार प्रदेश सभाका सभामुख पाउनु पर्ने दावी गरेकोछ । एमालेले भने यसबारे अध्यक्षसंग परामर्श गरिने जवाफ दिएकोछ ।
सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार मुख्यमन्त्री लिने र आफुहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव राखेका हुन् । यता प्रदेश सभामा भने माओवादी केन्द्रबाट सभामुख चार र एमालेले दुई मात्र दिने प्रस्ताव राखिएकोछ ।
एमाललेले मुख्यमन्त्री लिने स्थानमा माओवादीले सभामुख र एमालेले सभामुख लिने स्थानमा माओवादी केन्द्रले मुख्यमन्त्री लिने खालको प्रस्ताव आएकोछ । ७ प्रदेश मध्ये, एमाले र माओवादी केन्द्रको ६ वटा प्रदेशमा बहुमत छ भने २ प्रदेशमा मधेस केन्द्र दलको बहुमत छ । माओवादीले राष्ट्रिय सभामा भने मतका आधारमा सिटको बांडफांड गर्नु पर्ने धारणा राखेको छ ।