केसीले तोडे अनशन : सरकारसंग ५ बुदामा सहमति

पुुस, २९ काठमाडौं—सामाजिक अभियन्ता प्रा. डा गोविन्द केसीले शनिबार अनसन तोडेका छन् । शुक्रबार राती सरकारसंग ५ बुदे सहमति भएलगत्तै उनले शनिबार विहान १० बजे अनसन तोडेका हुन् । जुत्ता सिलाइ पेशा गर्नेको हातबाट जुस पिएर केसीले अनसन तोडेका छन् ।
पांच बुदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पुर्णता दिन ७ दिनभित्र सिफारीस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनमा प्रा.डा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने, त्रिवी चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने, त्रिवी कुलपतिले यथाशीघ्र कदम लिने उल्लेख छ । केसीले उठाउदै आएको प्रधानन्यायधिसको राजीनामाबारे भने सहमति बुदामा समेटिएको छैन ।