प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एउटा आफूलाई – प्रचण्ड

पुस २०,काठमाडौं – माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्व फरकफरक दलबाट हुनु पर्ने निष्कर्ष निकालेको छ । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्र बीच एउटै पार्टी बनाउने पहल भइरहेका बेला माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी एकता पछिको अध्यक्ष पद मध्ये एउटा दाबी गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको सो पार्टीको सचिवालय बैठकले एमाले पहिलो पार्टी बनेकाले सरकार वा पार्टीको नेतृत्व मध्ये एउटा रोजेर लिनु पर्ने र दोस्रो माओवादी केन्द्रलाई दिनु पर्ने निचोड निकालेको हो । बैठकले दुई पार्टी बीचको एकता प्रक्रिया चाँडो टुंगोमा पु¥याउनु पर्ने निष्कर्ष समेत निकालेको छ ।
पार्टी एकताबारे शक्ति बाँडफाँटका विषयमा विभिन्न टीकाटिप्पणी हुँदै आएकोमा माओवादी केन्द्रले औपचारिक रूपमा नै सरकारको नेतृत्व एउटा पार्टी र पार्टीको नेतृत्व अर्को पार्टीले हुनेगरी बाँडफाँट गर्नुपर्ने निर्णय गरेको हो ।

निर्वाचन लगत्तै पार्टी एकता गरेर अघि बढ्ने निर्णय गरेका दुई दल पार्टी एकता गर्ने तयारीमा छन् । दुई दल शीर्ष तहमा एकताको मोडल तथा विचार र सिद्धान्तका विषयमा छलफलमा रहे पनि एकता संयोजन समितिको बैठक बोलाउने तयारी छ ।
राजधानीबाट