यि हुन नेपाली चलचित्रमा सर्वाधिक कमाउने कलाकारहरु

काठमाडौ —पछिल्लो समय नेपाली चलचित्रमा कलाकारहरुको पारिश्रमिक बढ्दो छ । सर्वाधिक पारिश्रमिक लिनेमा दयाहाङ देखि लिएर अनमोल केसी सम्म पर्दछन ।
फिल्म पशुपतिप्रसादमा भस्मे क्यारेक्टरबाट चर्चित भएका बिपिन कार्कीले लुट २ मा अढाइ लाख पारिश्रमिक लिए । भुमिका सामान्य भएपनि प्रशंशा बढी कमाए । यहि कारणले उनको पारिश्रमिक नया फिल्म फनफनीमा १७ लाख २५ हजार पुगेको छ ।

प्रेमगित २ बाट निकै चर्चा बटुलेका प्रदिप खड्काले नयां फिल्म लिलिबिलिमा २२ लाख मा अनुबन्धित भए ।


आफनो क्षमता लोकप्रियता अनुशार पारिश्रमिक माग गर्ने नायक हुुन अनमोल के सी । उनका लगातार चार फिल्म हिट भए । होस्टल, जेरी, डिम्स र गाजलु । माघ २६ बाट प्रर्दशनमा आउन लागेको कृ फिल्मबाट उनले २० लाख पारिश्रमिक लिएका छन ।


म यस्तो गित गाउछु को सफलतापछि पल शाहको पनि भाउ बढेको छ । उनले फिल्म अनुरागमा १८ लाखको प्रस्ताव नकारेर निरक पौड्यलको नया फिल्ममा १५ लाखमा काम गर्दैछन ।


पारिश्रमिको मामीलामा दयाहाङ राई पनि अब्बल छन । बिषयबस्तु र टिमपछि पारिश्रमिक तेस्रो स्थानमा राख्ने गर्दछन। उनी भन्छन ‘स्क्रिप्ट चितm बुझे निर्मातसगं पैसा नभए त्यतिकै पि खेल्ने गर्दछु।’ उनले भैरे चलचित्रबाट १८ लाख पारिश्रमिक लिएका छन ।

नायकहरुको तुलनामा नायिकाहरुको पारिश्रमिक एकदमै न्युन छ । नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहबाहेक कुनै पनि नायिकाले आत्मबिश्वासका साथ पारिश्रमिक माग गर्न सम्दैनन । बोल्ड नायिकाको रुपमा परिचित साम्राज्ञीले नया फिल्म कायरबाट १० लाख पारिश्रमिक लिएकी छन।