मण्डलामा चिसो भञ्ज्याङ

काठमाडौ —सन्दिप श्रेष्ठद्धारा लिखित नाटक चिसो भञ्ज्याङ यतिबेला अनामनगर मण्डला नाटक घरमा मञ्चन भइरहेको छ । प्रसिद्ध उपन्यास ‘अटोम्मेन्ट’ मा आधारित नाटक पुष ७ गते देखि मञ्चन भइरहेको छ ।

नाटक सुदुर पुुर्वको एक गाउँमा एक मेलावाट सुरु हुन्छ । बाबु साहेव जो गाउँमा सोसक सामन्ती हुन्छन । उनकै छोरी मुना र उसकै घरमा काम गर्नेको छोरा आलोक सगको प्रेम प्रसंगलार्इं देखाइएको छ ।

समाजमा ठुलो सानो वर्गबिचको विवेद कस्तो छ र उनीहरुले गर्ने ब्यबहार बारे देखाउन खोजिएको छ ।
सोसक सामन्तीहरुले गर्ने उत्पीडन, अन्यायहरु अन्त्य गर्ने युवाहरुको प्रयास रहेको छ । नाटकमा माओवादी जनयुद्धका केहि झलकहरु देख्न सकिन्छ ।

नाटकमा एउटै कलाकारले बिभिन्न भुमिका निभाएका छन ।

कलाकारहरु अनुज न्यौपाने, पुजा लामा ,सविना गोपाली, दिपिका ढकाल, रोशन सुवेदी, बारात लिम्वु, सन्जिव राई, बिकास पन्त, सीता राना मगर,सगुन पोखरेल, उदय लिम्वु, विवेक रसाइली, अनुजा अधिकारी, समापिका गौतम र प्रतिक दुलालको अभिनय देख्न सकिन्छ ।

नाटक पुष ३० गते सम्म मञ्चन हुनेछ।