नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४ बरिष्ठ गायक एलपी जोशीलाइ

 

इमेल खबर

काठमाडौ, — नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४ बरिष्ठ गायक एलपी जोशीलाइ प्रदान गरिने भएको छ ।

संगीत महर्षि नातिकाजी श्रेष्ठको ९३ औं जन्मजयन्ती एवं सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा सो जानकारी दिइएको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाको अध्यक्षतमा सोमबार नातिकाजीकै निवासमा कार्यक्रममा गरिएको हो ।


नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७४ प्रसाद श्रेष्ठ –गायक), मदनकृष्ण श्रेष्ठ –गायक), डा. भोला रिजाल –गीतकार), रमेश ताम्रकार (गायक), डा.अरुण सायमी –गीतकार), पुष्करलाल श्रेष्ठ –पत्रकार) र प्रेमराजा महत –गायक) लाई सो सम्मान प्रदान गरिने भएको छ ।
यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७४ चारजना स्रष्टालाई प्रदान गरिने भएको छ । गीतकार सुवास चन्द्र ढुंगेल, गायिका कोमल वली, संगीतकार नारायण वली र गायक राजेशपायल राईलाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

संगीतकार लक्ष्मण शेष, गायक प्रमोद खरेल र गायिका मीना निरौलालाई नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार २०७४ प्रदान गरिने भएको छ ।

कार्यक्रममा उपस्थित बरिष्ठ गीतकार रत्मशमशेर थापाले नातीकाजीलाई सम्झदै भने “नातिकाजी नेपाली माटोको संगीत भर्ने संगीतकार हुन् । सरल जीवनशैलीजस्तै उनको संगीत सरल छ । उनी साँच्चीकै मेलोडी किंग हुन् ।”

समाजका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले नेपाली संगीतलाई चिरकालसम्म जिवन्त राख्न नातिकाजीको संगीत कोशेढुंगा सावित हुने कुरा बताए ।