फोरम-राजपा प्रदेश सरकार निर्माणका लागि एकता कसरतमा

मंसिर २८, काठमाडौं -प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ को बहुमत सिटमा विजयी हासिल गरेसंगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा प्रदेश सरकार निर्माणसंगै पार्टी एकताको कसरतमा जुटेका छन् ।

स्थानीइ तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसम र प्रदेशससभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रेका थिए ।
यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रष्ट बहुमत प्राप्त भएको छ ।

प्रत्यक्षतर्प ६४ सिट रहेको यस प्रदेशमा मधेसगठबन्धनले ३५ सिट जितेको छ । समानुपातिक निर्वाचनको परिणाम भने आईसकेको छैन ।

यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम राजपाबीच छलफल सुरु भईसकेको छ ।

यी दुवै दलमध्ये बढी टि जितेकालाई मुख्यमन्त्री र दोस्रोलाई उपमुख्यमन्त्री पद दिने लगभग सहमति भईसकेका राजपाका एक नेताको भनाई छ ।, यो खबर आजको नागरिकमा छ ।