कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट विजयी

मंसिर २६, कञ्चनपुर – कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २० हजार १०६ मत पाए ।

तेस्रो स्थानमा विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की छन् र उनको मत ३०३ छ ।

प्रदेशसभा तर्फ एमाले र माओवादीले एक-एक सिट जितेका छन् । क्षेत्रनम्बर ३ (क)मा एमाले उम्मेदवार प्रकाश रावल १२ हजार ८१७ मतसहित प्रदेशसभामा निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत पाएका छन् ।

क्षेत्रनम्बर ३ (ख)मा माओवादी केन्द्रका मानबहादुर सुनार १३ हजार ७ सय मतसहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बेलबहादुर रानामगरले १३ हजार ५३९ मत पाएका छन् ।