चलचित्र ‘गोरे’मा दिलिप रायमाझी भूमिका के ?  

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा दिलिप रायमाझी एक स्थापित र लोकप्रिय नाम हो । नेपाली चलचित्रको श्रीबृद्धिको लागि दिलिप रायमाझिको ठूलो योगदान रहेको छ । डान्स गर्न जान्ने नायकको खाँचो परिरहेको समयमा दिलिप रायमाझिले नेपाली चलचित्रमा एकछत्र राज्य गरेका थिए । पछिल्लो समय उनका चलचित्रको संख्या कम भएपनि उनको लोकप्रियता भने कम भएको छैन । कहिले अमेरीका त कहिले नेपाल बस्दै आएका नायक दिलिप रायमाझी को लामो समयको अन्तरालपछि चलचित्र ‘गोरे’ रिलिज हुन लागेको छ ।

चलचित्र गोरेमा दिलिपले शीर्ष भुमिका निर्बाह गरेका छन् । गाउँले परिवेश देखि शहरीया परिवेश सम्मको क्यारेक्टर अथवा सोझो गोरे देखि स्मार्ट गोरेसम्मको अभिनय उनले चलचित्र गोरेमा गरेका छन् । चलचित्रको कथा दिलिप रायमाझी कै लागि लेखिएको र यस्तो क्यारेक्टर दिलिप बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राइ बताउछन् ।
यहि २९ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘गोरे’मा दिलिपको साथमा अनु शाह , राकेश कुमार राइ , गुनु घर्ति लगायतका कलाकारको अभिनय रहेको छ ।
सुर्य जिसिको प्रस्तुती एव रुपा जिसिको निर्माण रहेको चलचित्रलाइ हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी घायलको रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत  सुन्न सकिन्छ ।