कुन कलाकारले दिए कहांबाट भोट ?

काठमाडौं(इमेलखबर)—प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनमा देश व्यस्त छ । यतिबेला हरेक नागरिकले आफ्नो देशको नागरिक हुनुको कर्तव्य निर्वाह गरिरहेका छन् । यसैमा देशका गहना भनिने कलाकारहरु पनि मतदानमा जिम्मेवार पुर्ण रुपमा सक्रिय देखिएका छन् । र्चचित नायिका प्रियंका कार्कीले मतदान दिएपछि फोटो सहित फेशबुकमा स्टाटस राखेकी छन् । ‘मतदान हाम्रो नैसर्गिक अधिकार हो । यसलाई हामी सबैल उपयोग गरौं । पार्टी मुखी हुनु भन्दा देशलाई प्रगतिको बाटोमा लानसक्ने सही उम्मेदवारको छनौट गरौं । सबैको जय होस्’ भन्दै उनले स्टाटस लेखेकी छन् ।


त्यस्तै लोक दोहोरी गायक पशुपति शर्माले मतदान बुदबाटै गोप्य मतदान गरियो, यो चुनावमा देशले जित्नु पर्यो भन्ने भाव सामाजिक सञ्जालमा पोखेका छन् । उनी निकै उत्साह र आशावादी देख्निछन् ।


नायिका रेखा थापा चावहिलस्थित पशुपति क्याम्पसमा मतदान बुथबाट मत दिएकी छन् । उनी युवाहरुको भविष्य जसले सोच्छ उसैलाई आफ्नो मत हुने बताएकी छन् । राजनीतिककर्मी समेत रहेकी उनले आस्थाको भरमा होइन् देशको हितमा अमुल्य मत खसाल्न अनुरोध गरेकी छन् ।


त्यस्तै, अर्की नायिका केकी अधिकारी पनि असल नागरिक हुनु पर्ने बताउछिन् । उनले निर्वाचन आउनु भन्दा पहिले देखिनै सामाजिक संजालमा देशको समृद्धि कता लाने बारे जनताकै हातमा हुने जस्ता भाव पोख्ने गर्छिन् । उनले समेत फोटो अपलोड गरेर काठमाडौबाट मतदान दिएको पुष्टि गरेकी छन् ।