प्रदेश ३, ५ र ७ का कति मतदान स्थल अति सम्वेदनशील ?

मंसिर २१, काठमाडौं – प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणमा विहीबार हुने निर्वाचनका लागि प्रदेश नं. ५ का कुल मतदान स्थलमध्ये ४ सय ८२ मतदान स्थल सुरक्षाको दृष्टि कोणले अति सम्वेदनशील सुचीमा राखिएको ती जिल्लाका सुरक्षा निकायले जनाएका छन् । ती जिल्लाका प्रशासन कार्यालयले दिएको जानकारी अनुसार प्रदेश नं. ५ को निर्वाचन हुने १० जिल्लाका कुल १५ सय ७६ मतदान स्थलहरु मध्ये अति सम्वेदनशील ४ सय ८२ , सम्वेदनशील ५ सय ७८ र साधारण ४ सय ४१ गरी वर्गीकृत गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा २, पाल्पामा १८ ,अर्घाखाचीमा २५ ,गुल्मीमा ९ ,रुपन्देहीमा ७५ ,कपिलबस्तुमा १ सय ५३ ,दाङमा ६ ,प्युठान ३६ , बाँकेमा १ सय १ र बर्दियामा ५७ मतदान स्थल अति सम्वेदनशीलको सूचीमा रहेका छन् । त्यसैगरि सम्वेदनशील मानिएका मतदान स्थलहरु नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) मा ५६, पाल्पामा ४० ,अर्घाखाचीमा २५ ,गुल्मीमा ५५ ,रुपन्देहीमा ४२ ,कपिलबस्तुमा ६५ ,दाङमा १ सय २८ ,प्युठानमा ८७, बाँकेमा ३५ र बर्दियामा ४५ मतदान स्थल रहेका छन् ।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १ सय २० मतदान स्थल तथा २ सय ५७ मतदान केन्द्र, पाल्पामा १ सय १८ मतदान स्थल तथा २ सय ३६ मतदान केन्द्र , अर्घाखाचीमा ९३ मतदान स्थल तथा १ सय ७४ मतदान केन्द्र , गुल्मीमा १ सय ८३ मतदान स्थल तथा २ सय ५१ मतदान केन्द्र , रुपन्देहीमा २ सय ८ मतदान स्थल तथा २ सय ५९ मतदान केन्द्र , कपिलबस्तुमा २ सय ३३ मतदान स्थल तथा ४ सय १० मतदान केन्द्र , दाङ्गमा १ सय ५१ मतदान स्थल तथा ३ सय ४९ मतदान केन्द्र , प्युठानमा १ सय ५१ मतदान स्थल तथा २ सय मतदान केन्द्र, बाँकेमा १ सय ३६ मतदान स्थल तथा ३ सय २७ मतदान केन्द्र, बर्दियामा १ सय ५३ मतदान स्थल तथा ३ सय २९ मतदान केन्द्र रहेको ती जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

कपिलबस्तुमा सबैभन्दा बढी मतदान स्थलहरु रहेकका छन भने सबै भन्दा कम अर्घाखाचीमा तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्थामा निर्वाचन सम्पन्न हुुने निर्वाचन आयोेगले जनाएको छ । प्रदेश नं. ५ को सवै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश ७ का २ सय ६ मतदान स्थल अति सम्वेदनशील

यसैगरी, प्रदेश नं. ७ का कुल मतदान स्थलमध्ये २ सय ६ मतदान स्थल सुरक्षाको दृष्टि कोणले अति सम्वेदनशील सुचीमा राखिएको ती जिल्लाका सुरक्षा निकायले जनाएका छन् । ती जिल्लाका प्रशासन कार्यालयले दिएको जानकारी अनुसार प्रदेश नं. ५ को निर्वाचन हुने ५ जिल्लाका कुल ६ सय ८४ मतदान स्थलहरु मध्ये अति सम्वेदनशील २ सय ६ , सम्वेदनशील २ सय ८० र साधारण १ सय ९८ गरी वर्गीकृत गरिएको छ ।

कैलालीमा ७७, कञ्चनपुरमा ६६ , डाँडेल्धुरामा १६ ,अछाममा ३७ र डोटीमा १० मतदान स्थल अति सम्वेदनशीलको सूचीमा रहेका छन् । त्यसैगरि सम्वेदनशील मानिएका मतदान स्थलहरु कैलालीमा १ सय १७, कञ्चनपुरमा २६ , डाँडेल्धुरामा ३७ ,अछाममा ७० र डोटीमा ३० मतदान स्थल रहेका छन् ।

यस्तै कैलालीमा २ सय ३१ मतदान स्थल तथा ५ सय ३८ मतदान केन्द्र, कञ्चनपुरमा १ सय ३२ मतदान स्थल तथा ३ सय २० मतदान केन्द्र , डाँडेल्धुरामा ७७ मतदान स्थल तथा १ सय १७ मतदान केन्द्र , अछाममा १ सय २९ मतदान स्थल तथा १ सय ९७ मतदान केन्द्र र डोटीमा १ सय १५ मतदान स्थल तथा १ सय मतदान केन्द्र रहेको ती जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

कैलालीमा सबैभन्दा बढी मतदान स्थलहरु रहेकका छन भने सबै भन्दा कम डाँडेल्धुरामा तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्थामा निर्वाचन सम्पन्न हुुने निर्वाचन आयोेगले जनाएको छ । प्रदेश नं. ५ को सवै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश ३ का १ सय १८ मतदान स्थल अति सम्वेदनशील

त्यस्तै, प्रदेश नं. ३ का कुल मतदान स्थलमध्ये १ सय १८ मतदान स्थल सुरक्षाको दृष्टि कोणले अति सम्वेदनशील सुचीमा राखिएको ती जिल्लाका सुरक्षा निकायले जनाएका छन् । ती जिल्लाका प्रशासन कार्यालयले दिएको जानकारी अनुसार प्रदेश नं. ३ को निर्वाचन हुने ७ जिल्ला मध्ये ४ जिल्लामा कुल ११ सय ५० मतदान स्थलहरु मध्ये अति सम्वेदनशील १ सय १८, सम्वेदनशील ५ सय ३३ र साधारण ४ सय ९९ गरी वर्गीकृत गरिएको छ । काठमाडौ, ललितपुर र भक्तपुरमामा अतिसंवेदशील मतदान स्थल नरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सिन्धुलीमा २९, मकवानपुरमा ५, चितवनमा ५२ र काभ्रपालाञ्चोकमा ३२ मतदान स्थल अति सम्वेदनशीलको सूचीमा रहेका छन् । त्यसैगरि सम्वेदनशील मानिएका मतदान स्थलहरु सिन्धुलीमा ८९, मकवानपुरमा ५०, चितवनमा १०९ र काभे्रपालाञ्चोकमा ४०, काठमाडौमा १ सय ४१, ललितपुरमा ७० र भक्तपुरमा ३४ मतदान स्थल रहेका छन् ।
यस्तै सुन्धुलीमा १ सय ३७ मतदान स्थल तथा २ सय ४० मतदान केन्द्र, मकवानपुरमा १ सय ६४ मतदान स्थल तथा ३ सय २४ मतदान केन्द्र, चितवनमा १ सय ६१ मतदान स्थल तथा ४ सय ८ मतदान केन्द्र, काभ्रपालाञ्चोकमा १ सय ५९ मतदान स्थल तथा ३ सय ५९ मतदान केन्द्र, काठमाडौमा ३ सय २० मतदान स्थल तथा ७ सय ३१ मतदान केन्द्र, ललितपुरमा १ सय ३१ मतदान स्थल तथा २ सय ७७ मतदान केन्द्र र भक्तपुरमा ७८ मतदान स्थल तथा २ सय ९ मतदान केन्द्र रहेको ती जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

काठमाडौँमा सबैभन्दा बढी मतदान स्थलहरु रहेकका छन भने सबै भन्दा कम भक्तपुरमा तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्थामा निर्वाचन सम्पन्न हुुने निर्वाचन आयोेगले जनाएको छ । प्रदेश नं. ५ को सवै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन हुने जिल्लामा सुरक्षा योजना यस्तो

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको दोश्रो चरणमा विहिबार सम्पन्न हुन गइरहेको निर्वाचनलाई मध्यनजर गरेर सबै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्र्रहरी प्रधान कार्यालका प्रवक्त एंव डिआईजी मनोज न्यौपानेले बताए । उनले जिल्लाको आवश्यकता अनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा सेना लगायतको सुरक्षाकर्मी परिचालित गरिएकोे बताए ।

निर्वाचनलाई निश्पक्ष र भय रहित बातावरणमा सम्पन्न गराउन ४५ जिल्लामा हुन सक्ने घट्नाहरूको विश्लेनषण गर्दै उक्त जिल्लामा विशेष सुरक्षा योजना तयार गरी बिभिन्न स्थानहरूमा मोवाईल गस्ती, पुल तथा नाका चेकिङ्ग, संयुक्त चेकिङ्ग, होटल लज चेकिङ्ग, करीडोर तथा राजमार्गहरूमा मोवाईल गस्ती, सिसिटीभी सर्भीलेन्स, सूचना संकलनको लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएकोे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उक्त जिल्लाहरुमा, तालिम प्राप्त कुकुर सहितको टोली पनि परिचालन गरिएको छ । प्रहरी उपरिक्षक तथा प्रहरी नायव उपरिक्षकको नेतृत्वमा यी जिल्लाहरुमा सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमन टोली परिचालन गरिएको छ ।

निर्वाचन हुने यी जिल्लामा सुरक्षाको लागी विशेष अनुगमन को समेत व्यवस्था मिलाई निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मतदान स्थलमा हुन सक्ने सम्भावित कुनै पनि अप्रिय घटना तुरुन्त प्राप्त गर्न सक्ने र ब्यवस्थापन गर्न सहयोग पुग्ने उद्येश्यले यी ४५ जिल्लाका जिल्ला प्रशासन कार्यालय सुरक्षा संयन्त्र नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको जोइण्ट अप्रेसन सेल कन्ट्रोल रुमको व्यवस्था समेत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।