युवाले सम्झे स्वर सम्राट

काठमाडौ(इमेलखबर)—स्वर सम्राट नारायण गोपालले संसार छाडेर गएको २७ वर्ष पुगेछ । उनले छोडेर गएका कालजयि गीत र संगीत भने नेपाली मन मस्तीस्कमा गुन्जयमान छन् । पाका देखि युवा पुस्ताले उनको बाटो पच्छाउने प्रशस्तै भेटिन्छन् । हरेक युवामा नारायण गोपाल बन्ने सपना सजिएका छन् । स्वरसम्राट नारायण गोपालको स्वरको कलाको महिमा गाउदै राजधानीमा मंगलबार २७ औं स्मृति दिवस मनाइयो । महाराजगञ्जस्थित उनकै निवासमा मंगलबार उनैका गीत सम्झना गर्दै गाउने युवा पुस्ता थुप्रै थिए ।
यसै सन्र्दभमा काठमाडौं महानगरपालिकाका प्रमुख विध्यासुन्दर शाक्यले संगीतकार एवं गायक सिके रसाईलीलाई नारायण गोपाल स्मृति सम्मान प्रदान गरेका थिए । सम्मान स्वरुप २५ हजार रुपैया नगद प्रदान गरिएको थियो । साथै, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, किरण खेरल, मानव प्रसाद घिमिरे, भेरवनाथ रिमाल कदम, कञ्चज पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेल लगायत स्रस्टालाई समेत सम्मान गरिएको थियो ।