मिस नेवाले चखाए योमरी

 

इमेलखबर(काठमाडौं)- नेवार संस्कृतिको महत्वपुर्ण पर्व मानिन्छ योमरी पुर्णिमा । किसानहरुले बाली स्यारेपछि उत्सवका मनाउने पर्वकारुपमा योमरी पुर्णीमालाई दिने गर्छन् । नेप्लीज फेशन होमका मिस नेवा र लिटिल नेवाहरुले मंगलबार योमरी बनाएर सबैलाई चखाए । यो परम्परा उनीहरुले झन्डै एक दशकदेखि थाम्दै आएका छन् ।
नेवारी संस्कृति, भाषा, रहरन सहन र विभिन्न जीवनशैली नया पुस्तालाई सिकाउने उदेश्यले मिस नेवाको सौन्दर्य प्रतियोगीता सुरु भएको हो ।

फेशन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार युवा पुस्तामा पुर्खौ संस्कृति अनुशरण गराउन प्रतियोगीताले विशेष भुमिका खेल्ने बताउछिन् । मंगलबा बिहानदेखि मिस नेवाहरुले आफ्नै हातले योमरी बनाएका थिए । धेरैलाई अध्यास भएपनि केहि लिटिल नेवाहरुलाई चाहि आफ्नै संस्कृति नौलो लागेको थियो । उनीहरु योमरीबारे बुझ्ने मौका पाएका थिए ।

योमरी पुर्णीमाकै दिन फेशन होमले नया मिस नेवाको लागि फारम आवेदन खुलाएको छ । नेवार समुदायका युवतिले प्रतियोगीतामा सहभागी हुन पाउनेछन् । हेमाले १३ औं मिस नेवा संस्करणका लागि आवेदन खुलाईएको जानकारी गराएकी छन् ।