‘महिला अधिकार दिनुभनेको जिम्मेवारी मात्रै थोपर्नु होइन्’

 

प्रकृती दाहाल- सामान्यतया महिला हिंसा भन्ने बित्तिकै घरमा श्रीमानले कुटपीट गरेको, परिवारबाट हेला खेपेको, सासु ससुराले कुटपीट गरेरको र समाजमा विभिन्न कुरितीमा पील्सीएको भन्ने बुझीन्छन् । यि धेरै हद सम्म सत्य र वास्तवीक हुन् । तर, आधुनिक युगको विकास संगै हाम्रो सोच, रहनसहन एवं जीवन शैलीमा पक्कै परिवर्तन आएकोछ । चुल्हो र चौकोमा सिमीत रहने नारी अब आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने भावना बोकेर समाजसंगै सघंर्ष गर्दै अघि बढिरहेका छन् ।

नेपालकै सन्र्दभमा कुरा गर्ने हो भने यसको प्रतिफल स्वरुप मुलुकले देशै हांक्ने तीन महिला हस्ती, राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्तीमगर र पुर्व प्रधान न्यायधीस सुसीला कार्की पाएको छ । पितृसत्तात्मक समाजमा यि महिलाले पद ग्रहण गर्दा के गर्न सक्लान र रु भन्ने संकालु आखाले निकै हेरियो । तर, अवसर पाए काम गर्न असम्भव नभएको पुष्टि यिनै महान नारीले सम्भव देखाए । राजनीतिकमा मात्रै होइन । समाजको सानो परिवार चलाउने कुरामा पनि महिलाको क्षमता प्रशंसनीय छ । बाउले पैसा घरमा दिन्छ । पैसाले खाना पाक्दैन । आमाले पकाउने देखि पैसाको व्यवस्थापन गरेर घर चलाउने कुशल भुमिका खेलेकी हुन्छिन् । तर, त्यसको लेखाजोखा खासै हुदैन । आधुनिक समयको परिणाम स्वरुप अब महिलाहरुको सोच फेरिएकोछ ।

उनीहरु श्रीमानको खटन र एकल आम्दानीमा रमाउन चाहदैनन् । आफन्ै बलबुताले केहि आर्जन गर्न पाए घरमा सहयोग हुने मनसाय राख्न थालेकाछन् । उनीहरु घर पनि सम्हाल्छन र पर पनि । खास गरि सहरीया महिलाहरु करिअर र परिवार दुवै दायित्व एक साथ निर्वाह गर्नु पर्ने बाध्यता छन् । कामको बांडफाडमा महिला माथि अझै पनि पितृसत्तात्मक सोच हावी देखिन्छ । जसले गर्दा उनीहरु हिंसामा परेका छन् । दिनभरिको जागीर गर्नु अनि घर बेलुका आएर भात पकाएर परिवारालाई खुवाउनै पर्ने परिस्थीति महिलामा छ । दिनभरि श्रीमान र श्रीमती बराबर जागीर गरेर बेलुका घर फर्कदा श्रीमान थकाई मार्न थाल्छन् । तर, श्रीमती भने भान्सा सम्हाल्न पुग्छीन् । महिलालाई अधिकार दिनु भनेको सबै जिम्मेवारी उनकै कांधमा थोपर्नु होइन् ।

महिला पुरुष एक रथका दुई पांग्रा हुन भने एक अर्काको सजकर्ता हुनु जरुरीछ । अनि सुन्दर परिवार बन्छ । परिवारले समाज बनाउछ । समाज बनेपछि समान राष्ट्र बन्न केहि बेर लाग्दैन । महिला मानव अधिकार, युवा रोजगार जस्ता विषयमा डिसेम्बर ९,१०,११तीन दिन महाभेला गरिदैछ । यसको औचित्य त्यतिबेला सफल हुन्छ जब हरेक महिला र पुरुषले एक अर्काको साथमा साथ मिलाएर जीवन बिताउने सहज वातावरण सिर्जना हुन्छ ।