सरकारदेखि रिसाएर, तिङलाबासीले चुुनाव बहिस्कार गरे

मंसिर, १० काठमाडौं—देशका विभिन्न स्थानमा यतिबेला प्रतिनिधि र प्रदेश सभा चुनाव सुरु भईसकेको छ । तर, सोलुखुम्बुको नेचा सल्यान गाउपालिकास्थित तिङ्लाबासीले भने स्थानीय चुुनाव बहिस्कार गरेका छन् । चुनाव भाग लिनु त परै जाओस् वडाबाट उम्मेदवार समेत उठेका छैनन् । यहा सम्मकी उनीहरु म्तदान परिचयपत्र पनि लिन गएनन् ।
कांग्रेस, एमाले, माओवादी लगायत प्रमुख दल रहेको उक्त गाउमा पाटीहरुले नै चुनाव बहिष्कार गरेका हुन् । यसका मुख्य कारण चाहि सोलुु दुधकुण्ड नगरपालीकामा गाभ्ने कि नेचा सल्यान गाउपालिकामा भन्ने विवाद हो । यतिबेला भने नेचा सल्यान गाउपालिलकाम गाभिएको स्थिति छ । तर, स्थानीयबासी भने सोलु दुधकुण्ड नगरपालिकामा भएको देख्न चाहन्छन् । आफ्नो यहि समस्यालाई सरकारले संवोधन नगरेको भन्दै उनीहरुले चुनाव बहिस्कार गरेका हुन् । स्थानीय सरकारले उनीहरुको माग सिफारिस समेत गरेर सरकार समक्ष पुराएको थियो । सरकारले चाहि सुनेको न सुनेझै गरेपछि स्थानीयबासी दुखि भएका छन् ।