ट्राफिक महाशाखाको चेकिङ : एक घन्टामै १०३ समातिए

काठमाडौं(इमेलखबर)—महानगरीय प्रहरी ट्राफिक महाशाखाले प्लस टुु अध्ययनरत विद्यार्थीले विना सवारी चालक अनुुमपति पत्र मोटरसाईकल चलाउने गरेको तथ्य पाएको छ । ललितपुरमा मंगलबार ट्राफिक प्रहरीले बिहान एक घन्टामा गरेको चेकिङमा १ सय ३ जना विद्यार्थी पक्राउ गरेको हो । दुर्घटनाबाट विद्यार्थीको संख्या न्युनिकरण गर्ने उद्देश्यले महाशाखाले बिहान एक घन्टा आकस्मिक चेकिङ गरेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए ।
विद्यार्थी चेकिङमा परेका २ सय जना मध्ये, १ सय ३ जनाका सवारी चालक अनुमति पत्र नभएको भेटिएको छ । महाशाखाले अभिभाकलाई समेत आफ्ना छोराछोरीलाई सवारी साधानप्रति सचेत गराउन प्रेरित गर्ने बताए । त्यस्तै कलेजका शिक्षक पनि उत्तिकै जिम्मेवार हुुनुपर्ने सुनाए ।