कर छल्न बेलायतकी महारानी लगायत अन्य धनि व्यक्तिले बाह्य कम्पनीमा लगानी गरेको खुलासा

 

एजेन्सी—यतिबेला अन्तराष्ट्रिय संचार जगतमा बेलयातकी महारानी एलिजाबेथ लगायतका केहि धनि व्यक्तित्व र नेताले कर छल्न गोप्य लगानी गरेको समाचारले तहल्का मच्चाएकोछ । बिबिसी प्यानोरामा अर्थात संसारको सय भन्दा बढि संचारमाध्यमले संयुक्तरुपमा गरेको खोजीले आइतार यस्तो तथ्य खुलासा गरेको हो ।
‘प्याराडाइज पेपर्स’ मार्फत उनीहरुले यस्तो जानकारी दिएका हुन् । जसमा १ करोड ३४ लाख गोप्य वित्तीय विवरण छानविन गरिएको र ती विवरण कर छल्नका लागि बाह्य लगान गरिएको उल्लेख छ । अनुसन्धान अनुसार बेलायतकी महारानीले १ करोड ३० लाख अमेरिकी डलर बराबरको नीति रकम बाह्य कम्पनमिा लगानी गरेको तथ्य भेटिएको छ । यो संगै अन्य संसारका धनी व्यक्तित्व र नेताले समते आफ्नो कर छलि गर्न बाह्य कम्पनीमा लगानी गरेको तथ्य फेला परेकोछ ।