बिहिबार र शुत्रबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइने

 

काठमाडौं — बिहिबार र शुत्रबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि र खुवाइने भएको छ । स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीको सहयोगमा उत अभियान चलाएको हो ।

यही कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको तिहारका कार्तिक १६ र १७ लाई सारिएको हो ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालिन झाडापखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्। सरकारले ६— ६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।