मिस युनिभर्समा सहभागि हुन नग्मा अमेरिका जादै

 

काठमाडौ—नोभेम्बर २६ मा अमेरिका स्थित लास भेगासमा हुुने ६६ औ मिस युनिभर्सको लागि नेपालवाट पहिलो पटक पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन ।
आज राजधानीको अन्नपूर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा नग्माले उनको आफनो तयारीे र मिस युनिभर्समा आफुले प्रस्तुुत गर्ने विषयका वारे जानकारी गराएकी थिइन । कार्यक्रममा नग्मा विभिन्न डिजाइनमा समेत प्रस्तुत भइन ।
उनले पहिलोपटक नेपालकै प्रतिनिधित्व गर्न पाउदा निकै खुसि लागेको बताइन ।