गायक वीरेन्द्र श्रेष्ठको गीत ‘घर हाम्रो लेकैमा’ (हेर्नुस भिडियो)

काठमाडौं – गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत “घर हाम्रो लेकैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसंगै गीत संगीतमा पनि व्यस्त देखिन्छ्न ।  दीपक शर्माको शब्द संगीतमा रहेको यस गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन ।

सुमन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ ।