कांग्रेस शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगियो, को कहाँबाट लड्दै ?

 

कात्तिक १०,काठमाडौँ – प्रमुख सत्तारूढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरूको निर्वाचन क्षेत्र तय गरेको छ ।

यस्तो छ तयारी शीर्ष नेताहरुको चुनाव लड्ने स्थानहरु

— शेरबहादुर देउवा डडेल्धुरा
— रामचन्द्र पौडेल तनहुँ १
— डा. शशांक कोइराला नवलपुर १
— प्रकाशमान सिंह काठमाडौं १
— गोपालमान श्रेष्ठ स्याङ्जा २
— विमलेन्द्र निधि धनुषा ३
— विजयकुमार गच्छदार सुनसरी ३
— डा. शेखर कोइराला मोरङ ६
— पूर्णबहादुर खड्का सुर्खेत १
— महेश आचार्य मोरङ ४
— गगन थापा काठमाडौं ४
— ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४
— नवीन्द्रराज जोशी काठमाडौं ८
— डा. नारायण खड्का उदयपुर २
— डा. मीनेन्द्र रिजाल मोरङ २
— डा. प्रकाशशरण महत काठमाडौं ५
— फरमुल्लाह मन्सुर बारा ३
— एनपी साउद कञ्चनपुर २
— रमेश रिजाल पर्सा ४
— अर्जुनप्रसाद जोशी पर्वत
— रमेश लेखक कञ्चनपुर ३
— नारायण कार्की उदयपुर २

कांग्रेसले टुंग्याएका उम्मेदवारमध्ये गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की समानुपातिकबाट सांसद भएपछि यसपटक प्रत्यक्षमा निर्वाचन लड्न लागेका हुन् ।
यसअघि नरहरि आचार्यले जित्दै आएको काठमाडौं ५ मा कांग्रेसले डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आचार्य स्वास्थ्यका कारण निर्वाचन लड्न तयार नभएपछि कांग्रेसले महतलाई उम्मेदवार बनाएको हो । वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल सो क्षेत्रबाट निर्वाचन लड्दै छन् ।

बाँकी क्षेत्रको छिटै टुुङगो लाग्ने
कांग्रेसले शीर्ष नेताको क्षेत्र टुंगो लगाएपछि बाँकीमा शुक्रबारदेखि छलफल सुरु गर्ने भएको छ । शीर्ष नेताको उम्मेदवार टुंगो लागीसक्यो तालमेलको पनि कुरा मिलेपछि अब दुई–तीन दिनभित्रै बाँकी क्षेत्रको छिटै टुुङगो लाग्ने भएको छ ।