लोकदर्शन रेग्मी बने मुख्यसचिव

कार्तिक ६ काठमाडौ — सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको हो।

गत असार २३ गते नियुक्त भएका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री ५८ वर्षे उमेरहदका कारण कात्तिक ७ गतेदेखि अनिवार्य अवकाश पाउने भएपछि सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका गृहसचिव रेग्मीलाइ मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्यसचिवको दौडमा ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि थिए । तर, राजनीतिक नेतृत्वसँग सीधा सम्पर्क भएका रेग्मीले मुख्यसचिव बाजी मारेका हुन् ।