मुख्य सचिवका लागि तीन सचिव प्रतिस्पर्धामा, को बन्लान त मुख्य सचिव ?

 
कार्तिक ६, काठमाडौं – मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् ।

निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै अर्का सचिव शंकर अधिकारी र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी प्रतिस्पर्धामा देखिएका छन् ।

क्षेत्रीको अवकासपछि २४ औं मुख्य सचिव बन्न उपाध्याय, अधिकारी र रेग्मीबीच प्रतिस्पर्धा देखिएको हो । आजको नागरिकमा खबर छ ।