आयोगद्धारा निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक

असोज ३१,काठमाडौँ -निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसार नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको थियो । मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।

नागरिकबाट