विपक्षीले उचाल्यो, राष्ट्रपति उचालिनु भएन : देउवा

 

असोज २९, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका विषयमा विपक्षी दलले उचाल्दा समेत राष्ट्रपति नउचालिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजा संवैधानिक नहुने तर, राष्ट्रपति संवैधानिक भएको भन्दै उनीप्रति सम्मान व्यक्त गर्दै धन्यवाद दिएका हुन् । शुक्रबार मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आठ मन्त्री थपेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेपछि त्यसको जवाफ दिने क्रममा देउवाले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन् । ओलीको प्रश्नमाथि प्रतिप्रश्न गर्दै देउवाले भने, ‘संविधानमा दिएको अधिकार प्रधानमन्त्रीले उपयोग गर्न नपाउने ? यस्ता कुरा विपक्षी नेताले बोल्न मिल्दैन ।’
अन्नपूर्णपोष्टबाट