छक्कापञ्जा २ ले एकसातामै ५ करोड कमायो

 
असोज २०,काठमाडौं – दसैंको फूलपातीदेखि हलमा भित्रिएको नेपाली फिल्म ‘छक्कापञ्जा २’ ले एकसातामै पाँचकरोड कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ । फुलपातीको दिन पहिलो दिनमै फिल्मले १ करोड ६३ लाख रुपैयाँको कमाइ गरी एक दिनको सर्वाधिक कमाइमा कीर्तिमान कायम गरेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले वितरकको हवाला दिँदै कुनै पनि नेपाली फिल्मले यसअघि यति कमाइ नगरेको दाबी गरिन् ।

रिलिजको पहिलो दिन राजधानीमा फिल्मले झन्डै एक करोड व्यापार गर्न सफल भयो । मोफसलका हलबाट उसले झन्डै ६५ लाखको व्यापार गरेको थियो । दोस्रो दिन एक करोड ४५ लाखको कलेक्सन गरेको फिल्मले तेस्रो दिन पनि त्यही हाराहारीमा व्यापार गरेको थियो।
नागरिकबाट