राजविराजको मतगणना ३६ घण्टापछि सुचारू

 

असोज ८,काठमाडौं-  सप्तरी सदरमुकाम राजविराजको ३६ घण्टादेखि अवरुद्ध मतगणना पुन सुचारू भएको छ ।
वडा नं १ कै मगतणनामा विवाद भएपनि शुक्रबार राति १ बजेदेखि त्यहाँ मतगणना रोकिएको थियो। मतगणनामा विवाद भएपछि सबै दलहरूले पुन गणनाको माग गरेका थिए ।
प्रारम्भिक मतगणनामा संघीय समाजवादी पार्टीका भीमराज यादव अगाडि देखिएका थिए। त्यस्तै, दोस्रो स्थानमा राजपाका शम्भुप्रसाद यादव, तेस्रोमा एमालेका सुखराम यादव र चौंथो स्थानमा माओवादी केन्द्रका अनिश अन्सारी थिए।
विवादपछि रोकिएको गणना सुरूआतसँगै गति दिने प्रयास समेत थालिएको छ। मतगणनालाई गति दिन थप १२ कर्मचारी खटाइएको छ ।