मेक्सिकोमा भुकम्प पीडित उद्धार जारी

 

बीबीसी(नेपाली) आश्वीन ४—विनाशकारी भुकम्पले मध्य मेक्सिको तनाव ग्रहस्त छ । भत्केका भौतिक संरचनाको चपेटामा परेका मानिसहरुको उद्धार र खोजी प्रक्रिया जारी छ । ७.१ म्याग्नेच्यूडको भुकम्पले त्यहा झन्डै २ सय भन्दा बढि मारिएको जानकारी आएको छ । जसले गर्दा म्याक्सीकन सिटीमा दर्जनौ घर ध्वस्त भएका छन् । खास गरि विद्यालय भवन क्षतिग्रस्त छ । जम्मा जम्मी २० जना विद्यार्थीले ज्यान गुमाएको अन्तराष्ट्रि संचार माध्यमले जनाएका छनु । कतिपय हराएको अवस्थामा छन् ।

पीडितको उद्धारका लागि स्वास्थ्यकर्मी सडकमै खटिएका छन् । मेक्सिकोका राष्ट्रपति एनरिक पेन्या नियटोले मिडिया अन्र्तवातामा भुकम्प पीडितहरुको उद्धार कार्य जारी रहेको र यो रातभर नै चलिरहने बताएका छन् । मेक्सिकोमा झन्डै ३२ वर्ष पछि विनाशकारी भुकम्प आएको जनाईको छ ।