चुनावी सभा सम्वोधन गर्न ओली तराई जाने

भदौ ३०,काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुक्रवार चुनावी सभालाई सम्वोधन गर्न तराई जाने भएका छन् । प्रदेश नम्वर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्न चुनावी सभा सम्बोधन गर्न ओली तराईका विभिन्न स्थानमा पुग्ने भएका हुन्
आज मध्यराती देखि मौन अवधि शुरु हुने भएपछि एमाले अध्यक्ष ओलीले दिउसो १ बजे बाराको सिमरामा आयोजित चुनावीसभालाई संवोधन गर्नुहुनेछ भने २ बजे रौतहटको चन्न्द्रनिगाहपुरको संभालाई संवोधन गर्नुहुनेछ ।
त्यसैगरि, उहाले महोत्तरीको बर्दीबासमा आयोजित अर्को सभालाई ३ बजे संवोधन गर्ने कार्यक्रम रहेको छ ।