सिंगापुरमाथि नेपालको सहज जित, समूह विजेता बन्दै सेमिफाइनलमा

 

भदौ २९, काठमाडौं- एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।

मलेसियामा आज बिहान सिंगापुरले दिएको ६८ रनको सामान्य चुनौती नेपालले १४ औं ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि सन्दिप सुनारले २० रन तथा अनिल कुमार साहले १८ रन जोडे ।
यसअघि पहिले व्याटिङ गरेको सिंगापुरका खेलाडीहरुले २९ औं ओभरमा अलआउट हुनुपुर्व ६७ रन मात्रै बनाउन सके ।

सिंगापुरका लागि आर्यमान सुनिल र सिद्धान्तले २०÷२० रन बनाए । किफायती बलिङ गरेका नेपालका पवन शर्राफले ६ विकेट लिए ।

यसैगरी किशोर महतोेले २ विकेट झार्दा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १÷१ विकेट लिए ।

८ राष्ट्र सहभागी एसीसी युथ नाइन्टिन क्रिकेट पुर्वी क्षेत्रबाट छनोट हुने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।