चार मन्त्रालयसहित राप्रपा प्रजातन्त्रिक सरकारमा जाने

भदौ १९,काठमाडौं – राप्रपाबाट अलग भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सरकारमा सहभागी हुनेबारे पार्टी अध्यक्ष राणा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । प्रदेश २ को चुनावी तयारीका क्रममा राणा उपत्यका बाहिर भएकाले त्यसको टुंगो लाग्न भने बाँकी रहेको राप्रपा (प्रजातान्त्रिक) का नेता ठाकुरप्रसाद शर्माले जानकारी दिए । उक्त पार्टीले कम्तीमा ४ वटा मन्त्री माग गरेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको नयाँ पार्टीले स्थानीय चुनावमा भने पाङ्ग्रा चुनाव चिह्न लिने भएको छ ।

चुनाव चिह्न हलो भए पनि निर्वाचन आयोगले मतपत्र छापिसकेकाले स्थानीय चुनावलाई फरक चिह्न प्रयोग गर्नुपर्ने भएको हो । त्यसपछिका अन्य चुनावमा भने पार्टीको चिह्न हलो नै हुने नेता शर्माले जानकारी दिए ।