उर्जा मन्त्री शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको घिसिङ भनाई

भदौ १३, काठमाडौं –नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको जनाएका छन् ।मंगलबार बिज्ञप्ति जारी गर्दै घिसिङले उर्जा मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम भइरहेको समेत जानकारी दिएका छन् ।ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेका छ ।’ बिज्ञप्तीमा भनिएको छ ।अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपमा सत्यता नरहेको र अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र आफू सँगसँगै रहेको घिसिङले बताएका छन् ।