मेरो बिजय सबै पत्रकारको बिजय

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य

 

 

–नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले आफ्नो विजयलाई सबै पत्रकारहरुको विजयको रुपमा लिन आग्रह गरेका छन । आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने बताएका छन् । महासंघ भित्र कसैमाथि पनि भेदभाव नहुने उनका भनाइ छ । निकटतम प्रतिद्वन्द्वी तिर्थ कोइरालाको सल्लाहअनुसार महासंघलाई अघि बढाउने उनले प्रतिवद्धता पनि जनाएका छन । । महाधिवेशनबाट पदाधिकारीमा आचार्यकै प्यानल विजयी भएको छ । केन्द्रीय सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ ।