बझाङको कोइरालाकोट केन्द्र विन्दु भएर भुकम्पको धक्का

भदौ ६, बझाङ – बझाङमा भूकम्प गएको छ । विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले जानकारी दिनुभयो । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको छैन ।