सुर्य ग्रहणले अमेरिकामा २ मिनेट दिउसै अध्यारो

 

भदौ ६, काठमाडौं – अमेरिकाको पश्चिम राज्य अोरेगन वाट स्थानिय समयअनुसार बिहान ९ बजे सुरु भएको सुर्य ग्रहणले अमेरिकाका केहि राज्यहरुमा दिउसै करिव २ मिने अध्यारो बनाएको छ। अमेरिकाको मध्य भुभागहुँदै पुर्वसम्म असर पार्ने सुर्य ग्रहणले बिहान १० बजे सुर्यलाइ छोप्न सुरु गरेको थियो। बिस्तारै पुर्वतिर बढदै गरेको ग्रहण दिनको ३ बजेसम्मा रहने र साउथ क्यारोलिनामा आएर सकिने बताइएको छ।

९९ वर्षपछि अमेरिकामा देखिन लागेको सुर्य ग्रहणलाइ हेर्न बिभिन्न ठाउमा स्थानियहरु जम्मा भएका छन। अमेरिकाका १३ वटा राज्यहरु छिचोल्दै सुर्य ग्रहणले आफ्नो यात्रा बिसर्जन गर्ने छ। सुर्य ग्रहणको असर अमेरिकाका सबै राज्यहरुमा परेको छ। अमेरिकामा ९९ वर्षपछि देखिन लागेको यो ग्रहणको असर पश्चिमि यूरोप, उतर पुर्वी एसिया लगायत अफ्रिकामा समेत पर्ने छ।