तीजको रोजाई जन्तर र तिल्हरी

 

प्रकृति दाहाल

काठमाडौं—तीज संघारमै छ । नेपाली हिन्दु नारीहरु धर्मकर्म गर्नुुुका सार्थ गरहगना र फेशन शैली अपनाउनेमा ध्यान दिन थालेका छन् । तिज उत्सवमा अप्रत्यक्ष रुपमा फेशन ट्रेन्डले महत्व राख्छ । बराह ज्वलरीका प्रबन्ध निर्देशक विकास लामिछानेका अनुसार यो वर्षको तिजमा परम्परागत गहना नै लोकप्रिय भइरहेको बताए । रानीहार, तिलहरी, छड्के तिलहरी, जन्तर औंठी, पिरुमाला लगायत मौलिक गहना नारीको रोजाईमा परेका छन् ।


महालक्ष्मी ज्वलरीका विष्णुु ढुुंगानाले नौगेडी, तिल्हरी, चन्द्रमा र औठी सबै भन्दा बढि माग भएको बताए । फेशनको शैली साईकल झै घुमफिर हुन्छ । पछिल्लो समय जातियता र सांस्कृतिक पहिचानको सवाल राज्यस्तरमा उठेको छ । यसको प्रभाव पनि फेशन ट्रेन्डमा देखिन थालेको हो । ब्लुु हर्स ज्वेलरीका प्रबन्ध निर्देशक निकेश गुप्ताले खास गरि तीजमा मौलिता झल्कीनु पर्छ भन्ने मान्यता दिदिबहिनीहरुले राख्छन् ।
उनले तिज कै अवसरमा ग्राहकको सौलिहतका लागि ३० प्रतिशत छुट समेत दिएको बताए । जय श्री ज्वेलरीका प्रबन्ध निर्देशक अर्जुुन ठाकुरले माग अनुसारको गहना पुराउन गाह्रो भएको बताए । ‘ग्राहकको माग बढ्दोछ’, उनले भने, ‘त्यस अनुुसार गहना पुराउन सकिएको छैन ।’ तीजमा गहना संगै पोतेले बुनिएको गहनाहरु पनि चल्तीमा छन् ।