स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडलाई

भदौ १,काठमाडौं- मार्को एसेन्सियो र करिम बेन्जामाको उत्कृष्ट पुनरागमन भएपछि स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडले जितेको छ । रियलको घरेलु मैद्यान हलचोकमा गयराति भएको सुपरकपको एल क्लासिको दोश्रो लेगको खेलमा बार्सिलोना २ शुन्य गोल अन्तरले पराजित भएपछि समग्रमा ५ एकको गोलले रियलले उपाधि उचाल्न सफल भएको हो ।

रियलको लागि मार्को एसेन्सियो र करिम बेन्जामाले एकएक गोल गरे । रियलका स्टार क्रिश्चियानो रोनाल्डोविनै मैदान उत्रेको रियलका लागि खेल सुरु भएको चौथो मिनेटमा नै मार्को एसेन्सियोले गोल गरी घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो लेगमा बार्सिलोनाको घरेलु मैद्यान नाउ क्याम्पमा ३ एकको जित दर्ता गर्ने क्रममा एसेन्सियोले खेलको ९० औँ मिनेटमा गोल गरेका थिए । पहिलो लेग जितेर उच्च मनोबलका साथ मैदान छिरेको रियलका लागि खेलको ३९ औँ मिनेटमा बेन्जामाले गोल गरेपछि रियलको जित सुनिश्चित भइसकेको थियो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र पहिलो हाफ २ शुन्यमा सकिएको थियो । दोश्रो हाफमा दुवै तर्फबाट गोल गर्ने प्रयास भए पनि त्यो सफल हुन सकेन ।

आजको खेलमा बार्सिलोनाका स्टार मेस्सी प्राय फिक्का सावित देखिए । बार्सिलोनाका उत्कृष्ट प्रहारहरुलाई रियलको लागि गोल किपर नाभासले सजिल नियन्त्रण गर्न सफल भएका थिए । पहिलो लेगमा डबल रातो कार्डसहित रेड कार्ड र रेफ्रिलाई हात लगाएपछि रियलका रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध लागेपछि उनी हिजोको खेलमा उपस्थित हुन सकेका थिएनन् । यो जित संगै रियलले यस सिजनमा २ उपाधि जितिसकेको छ ।