पहिरोले एकको ज्यान लियो, पाँच जना वेपत्ता

साउन २०, काठमाडौ–बागलुङ जिल्लाको  ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा अविरल वार्षका कारण पहिरो जादा  एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँच जना वेपत्ता भएका छन ।

ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ओमप्रकाश बिकको मृत्यु भएको छ भने पहिरोले बिकसहित पाँच जनालाई पुरेको थियो । बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले समयमै उद्धार गरेपनि बिकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन ।
यता पहिरोले निसीखोला गाउँपालिकाको देविस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर परिदा चार जना वेपत्ता भएका छन ।
दुई दिनदेखि परेको अवरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेको छ । स्थानीय कविर विश्वकर्माले बिकले जानकारी दिए । स्थानीयका अनुसार पहिरोले निसीखोलाको देविस्थानमा बढी क्षति पुर्याएको छ, बिहान मात्र देविस्थानका गोगलाल मल्लको घर खोलाले बगाएको छ भने देविस्थान स्वास्थ्यचौकी सहित दर्जनौं घर बाढी पहिरोको उच्च जोखिममा छन ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि घटनास्थलमा प्रहरी पुग्न सकेको छैन ।