राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले नियुक्त

 

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा

साउन १९,काठमाडौ— मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा. वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारी अनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा भएका छन् ।

बढुवा भएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेका छन् ।

साभार नयाँ प्रत्रिका