मधु र विनीताको चोली टिमीक्कै… (हेर्नुस् भिडियो)

 

काठमाडौं–तीज गीत चेलिबेटीले मनभरिका दुख, सुख, उत्वस र अनुभवहरु सामुहिक रुपमा नाचगान गरेर सुनाउने पर्वको रुपमा लिन्छन । हिन्दु परम्परादेखि चलि आएको यस पर्वलाई पछिल्लो समय आधुनिकीकरण गर्ने होडबाजी चलेकोछ । जसले गर्दा तीज गीतको मौलिकता गुम्दैछ । समसामयिक विषय वस्तुलाई महशुस गर्दै पत्रकार मधु शाही र विनीता मरहट्टाले तीज गीत ‘माइत नि जाने हो…’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत मधुले आधुनिक पुस्ताका युवतिको भावना समावेश गर्दै गीत लेखेको बताइन् । चित्रकार ज्योति प्रकाश विकेले संगीतमा विष्णु अधिकारीले एरेन्ज गरेका हुन् । त्यस्तै भिडियोमा विनीतिा, मधु संगै मुना पन्थले अभिनय गरेकी छन् । म्युजिक भिडियोलाई समुन सागर जंग केसीले निर्देशन गरेका हुन् भने सुरेस राउतले भिडियो सम्पादन गरेका छन् ।