मन्त्रिपरिषद विस्तारको तयारी, आज बेलुकासम्म विस्तार हुने संकेत

 

साउन ९, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तिव्र पारेका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठक सकिना साथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँग पटक-पटक भेट गरी तत्काल मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिइसकेका छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले जारी केन्द्रीय समिति बैठक सकिनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

सम्भवतः आजै कांग्रेस केन्द्रीय समिति बैठक सकेर बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएको र गुट व्यवस्थापनमा पनि समस्या भएपछि प्रधानमन्त्री देउवाले निर्णय गर्न गरेका छैनन् ।

सत्तारुढ दुई दल कांग्रेस र माओवादी केन्द्रबीच कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति यसअघि नै गरिसकेका छन् ।

माओवादीले भने सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाइसकेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।