नेपालमा यसकारण बढ्दैछ तापक्रम

 

साउन ५ ,काठमाडौं – नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको छ।

यसअघि सरकारले अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालमा बार्षिक ०.०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गरेको थियो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

विकसित मुलुकले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफलोरो कार्बनलगायतका हानिकारक ग्यास (ग्रिनहाउस ग्यास) का कारण नेपालको तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो ।

नेपालले भने प्रतिबर्ष ०.१ प्रतिशतमात्र ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने गरेको छ