स्थानीय तह निर्वाचनको मतपरिणाम निराशाजनक रहेको राप्रपाको निष्कर्ष

 

श्रावण ४, काठमाडौ –  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुई चरणको स्थानीय तह निर्वाचनको परिणाम निराशाजनक रहेको निष्कर्श निकालेको छ । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै पार्टी एकीकरण पश्चातको परिणाम निराशाजनक रहेको बताउनुभएको छ । राप्रपाले अबलम्बन गरेका बिचार र नीतिको पक्षमा जनमत बलियो हुँदा समेत त्यसलाई मतमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको प्रतिवेदनमा स्वीकार गरिएको छ । स्थानीय चुनावको असफलताको अध्ययन गर्न समिति गठन समेत भईसकेको अवस्थामा सुझाव सहितको प्रतिवेदन पेश भएपछि त्रुटि र कमजोरी सच्चाउने पार्टी अध्यक्षको कार्यपत्रमा उल्लेख छ । एउटा निर्वाचनले राप्रपाको बिचार, नीति र अडानको औचित्य र भविष्यको मुल्यांकन हुन नसक्ने बताउँदै अध्यक्ष थापाले राप्रपाबिरुद्व योजनावद्व र संगठित रुपमा फैलाईएको नकारात्मक प्रचार र भ्रमलाई चिर्न नसक्दा चुनावको परिणाममा प्रभाव परेको बताउनुभयो । राष्ट्रिय संकटको समाधान र देशको अग्रणी शक्तिको रुपमा स्थापित हुन राप्रपाले भावि बैचारिक, रणनीतिक एवं संगठनात्मक कार्यदिशा अघि सारेको छ । राप्रपाले राष्ट्रियताको संरक्षण र सम्बद्र्वन, निर्वाचन केन्द्रित कार्ययोजना र संबैधानिक व्यवस्थासंग सहकार्य लगायतका कार्यदिशा अघि सारेको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।