सचिवहरुको विदेश सयरः खर्च बढी, उपलब्धि शून्य

 
असार २९ , काठमाडौं – पछिल्लो दुई महिनामा उच्च तहका सरकारी कर्मचारी सहभागी भएका विदेशका कार्यक्रममा राज्यको धेरै रकम खर्च भए पनि उपलब्धि भने ज्यादै न्यून रहेको पाइएको छ ।

अध्ययन भ्रमण, अवलोकन भ्रमण, अनुभव आदानप्रदान जस्ता विषयमा राज्य ढुकुटीबाट मोटो रकम खर्च गरेर सरकारका सचिवहरु संसारका िवभिन्न देशमा पुग्ने गरेका छन् । तर, उनीहरुको भ्रमण उपलब्धिमूलक हुन सकेको छैन ।
पछिल्लो दुई महिनामा एक हजार चार सय ४२ कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमणमा गएका छन् । मुलुक स्थानीय तहको चुनावमा होमिएको र आर्थिक वर्ष सकिनै लागेका बेला निजामति कर्मचारीको ठूलो समूह विदेश भ्रमणमा गएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत यसतो भ्रमण अझै केही साता हुनेछ । सरकारका एक सचिव मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल डेनमार्क र अमेरिका पुगेको नागरिक दैनिकमा खबर छ ।