महालेखाको नयाँ नियमः अब बेरुजु व्यक्तिकै नाममा, ‘क्लिन चिट’ नपाएका व्यक्ति कार्यालय प्रमुख हुन नपाउने

 
असार २९ , काठमाडौं – महालेखा परीक्षक कार्यालयले संस्थाको नाममा बेरुजु रहँदा सम्बन्धित निकायका प्रमुखले जिम्मेवारी नलिएको भन्दै अबदेखि व्यक्तिकै नाममा राख्ने व्यवस्था गर्ने भएको छ ।

सोमबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले कुनै पनि संस्थाको बेरुजु सो संस्थाका प्रमुखको नाममा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।
शर्माका अनुसार कुनै पनि आर्थिक कारोबारमा बेरुजुसम्बन्धी क्लिन चित नपाएको व्यक्तिले बढी बजेट निकासा हुने संस्थाको प्रमुख हुन नपाउने भएका छन् । क्लिन चिट नपाएकाले १ अर्ब रुपैयाँभन्दा बढी बजेट निकासा हुने निकायमा प्रमुख हुन नपाउने व्यवस्था गरिने पनि उनले बताए । पछिल्लो समय बेरुजु बढ्दै गएकाले यस्तो गर्न लागेको जानकारी उनले दिएको आजको कारोबार दैनिकमा खबर छ ।