बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता

 

असार १६,बुटवल – बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले करिब २०० मतान्तरले अग्रता लिएको छ।

शुक्रबार बिहान ६ बजेको पछिल्लो अपडेट अनुसार नेकपा एमालेका मेयर पदका उम्मेद्वार शिवप्रसाद सुवेदीले १६१८ मत ल्याउँदै अगाडि बढेका छन्।

यस्तै उनलाई नेपाली कांग्रेसका खेलराज पाण्डेले १४८० मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उपमेयरमा पनि नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेकी उम्मेद्वार गोमा आचार्यले १७५८ मत ल्याएर अग्रता लिइरहेकी छन्। नेकपा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १०२६ मत ल्याएका छन्।