कांग्रेसले रोल्पाबाट खाता खोल्यो, सुकीदह-१ मा प्यानलै विजयी

 

असार १५, रोल्पा – रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।