काठमाडौँ उपत्यकाबाट ६ लाख यात्रु बाहिरिए

असार १३, काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट करिब ६ लाख यात्रु बाहिरिएका छन् । दोस्रो चरणको निर्वाचनमा मतदान गर्न उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । काठमाण्डौ बसोबास गर्दै आएका अधिकाशं मतदाता निर्वाचनका लागि आफ्ना जिल्लामा जाने क्रम खसार महिना लागेपछि नै शुरु भएको हो ।
मतदाताका रुपमा गृह जिल्ला जान चाहने यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापन गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले यात्रुको चाप बढेपछि बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमा भन्दा अतिरिक्त छ लाख यात्रु बाहिरिएको बताउनु भयो । प्रदेश नं १, ५ र ७ मा भोली स्थानीय तहको दास्रो चरणको निर्वाचन हुदैछ ।