असार १०, काठमाडौँ – काठमाडौं महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ । शुक्रबार राति बसेको महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
महानगरको हालै बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिलाई ३० हजार रुपैयाँको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचनापछि कार्यान्वयन नगर्ने निर्णय गरिएको हो । काठमाडौं महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । १५ असारदेखि चिकित्सकको टोली पठाएर वृद्धवृद्धाको घरमै स्वास्थ्य जाँच गर्ने महानगरले निर्णय गरेको छ ।