अनेरास्ववियुले ‘मधेस केन्द्रित’ अभियान सुरु गर्ने

असार ९, काठमाडौँ। स्थानीय तहको दोस्रो निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले निकट अनेरास्ववियुले ‘मधेस केन्द्रित विशेष अभियान’ सुरु गरेको छ । पार्टीले मधेसी जनताबाट लिएको साथ र प्रजातन्त्र स्थापनाका लागि मधेशमा सञ्चालन गरिएको गतिविधिका बिषयमा घरदैलोमार्फत जानकारी गराउन अभियान सुरु गरिएको सचिव आरसी लामिछानेले बताउनुभयो । संगठनले अभियानका क्रममा देश तथा जनताको पक्षमा नेकपा एमाले लिएको नीतिबारे आम नागरिकलाई सुचित गराउने जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधि सुरु नहुन्जेलसम्म चुनाव हुन लागेका मधेसका सबै क्षेत्रमा सो अभियान केन्द्रित हुने लामीछानेले बताउनुभयो ।